देशभरका शिक्षक माइतीघर मण्डलामा


काठमाडौँ । देशभरका शिक्षक कर्मचारीहरू माइतीघर मण्डलामा जम्मा भएका छन् । ७७ वटै जिल्लाबाट राहत, करार, बाल विकास, स्थायी लगायतका शिक्षक कर्मचारी काठमाडौँ आएर विद्यालय शिक्षा विधेयकको विरोधमा माइतीघर मण्डलामा जम्मा भएका हुन् ।

उनीहरुले बुधबारदेखि काठमाडौँमा सडक आन्दोलन गर्न लागेका छन् । नेपाल शिक्षक महासङ्घको आह्वानमा दिउँसो ११ बजेबाट विरोध प्रदर्शन सुरु हुने छ । उक्त विधेयकमा महासङ्घले विभिन्न १८ बुँदे असहमति राखेको छ ।

महासङ्घको आन्दोलनले देशभरको पठनपाठन प्रभावित बन्ने भएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार