१८ देशका विद्यालयसंग सहकार्य गरिसकेको एलआरआइ विधालयसंग जापानको शिक्षा विभागको महत्वपुर्ण सहमती


काठमाडौं । जापानको ओकिनावा शिक्षा विभाग र नेपालको काठमाडौं कलंकीस्थित एल.आर.आइ विद्यालयबीच महत्वपुर्ण सहमती भएकोछ । ओकिनावा शिक्षा विभागको निमन्त्रणामा जापान भ्रमणमा गएको एलआरआई विद्यालयका पदाधिकारीसंग उक्त महत्वपुर्ण सहमति भएको हो ।
एलआरआई विद्यालयका पदाधिकारी टोली जापानको प्रिफेक्चुरल एजुकेशन बोर्ड, ओकिनावा तथा ओकिनावा प्रिफेक्चुरल चान्टन सिनियर हाई स्कुल जापान, ओकिनावा शिक्षा विभागको संयुक्त निमन्त्रणामा भ्रमणमा गएको विद्यालयका प्रिन्सिपल डा. देवकान्त जोशीले जानकारी दिनुभएको छ ।

जापानको ओकिनावा शिक्षा विभागले एलआरआइ विद्यालयको सहकार्यमा नेपालका ग्रामिण क्षेत्रका विद्यालय र विद्यार्थी लक्षित शैक्षिक गतिविधिमा सहयोग गर्न इच्छुक रहेको प्रिन्सिपल डा. जोशीले बताउनु भएको छ।

भेटका क्रममा विद्यालयका प्रिन्सिपल डा.  जोशीले नेपालको शिक्षा नीति र शैक्षिक क्षेत्रको बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
त्यस्तै भेटमा जापानको प्रतिनिधि मण्डलले नेपाल भ्रमण गरि एलआरआइ विद्यालयसंग विद्यार्थी आदानप्रदान गर्ने सम्बन्धी सम्झौता गरिने प्रतिवद्धता जनाएको समेत प्रिन्सिपल डा.जोशीले बताउनुभयो। एलआरआइ विद्यालयले यस अघि नै विश्वको १८ देशका विद्यालयबीच शैक्षिक आदानप्रदान कार्यक्रममा आपसी सम्झौता गरिसकेको विद्यालयका प्रमुख प्रशासकीय अधिकृत दीपक जोशीले बताउनुभयो ।

विश्वमा उदयमान देश जपानको शिक्षासंग सहकार्य गर्न पाउँदा आफ्नो विद्यालयमा अध्यययनरत विद्यार्थीहरुसंगै देशका अन्य विधालयका विधार्थीहरुले धेरैकुरा सिक्न पाउने उहाँको विश्वास छ । यस्ता कार्यले विधार्थीहरुमा ग्लोवल सिटिजनको अवधारणामा उत्प्रेरित गर्ने प्रशासकीय अधिकृत जोशीको भनाई छ। भ्रमणका क्रममा प्रतिनिधि मण्डलले ओकीनावका चान्टन सिनियर हाईस्कुल जापान र ओकीनावा शिक्षा विभागले स्थापना गरेको विशाल पुस्तकालयको अवलोकन समेत गरेको छ ।

उक्त पुस्तकालयमा विभन्न देशको पुस्तकलाई राखिएको छ । एलआरआइ विद्यालयले पनि नेपाल सम्बन्धी पुस्तक उपलब्ध गराएमा पुस्तकालयमा नेपाल बुक कर्नर राख्ने समेत जानको शिक्षा विभागले सहमति जनाएको छ । यसले देशकै प्रतिष्ठा बढाउनमा सहयोग पुग्ने विधालयको अपेक्षा छ । यसैगरि भ्रमणका क्रममा जापानको अन्य विद्यालयहरुको पनि अध्ययन भ्रमण गरीएको थियो। जापानको शैक्षिक भ्रमण टोलीको नेतृत्व विद्यालयका गुठीयार यशोधरा पन्तले गर्नुभएको थियो ।

 

गत भाद्र १३ देखि २१ गतेसम्म एलआरआई विधालयको जापान भ्रमणका केहि उपलब्धिहरु कार्य समेत गरेको छ ।
ओकिनावा शिक्षा विभाग भ्रमण अवलोकनपछि ओकिनावामा रहेको एमिकश इन्टरनेशल स्कूल (अंग्रेजी माध्यमबाट पढाइ हुने स्कूल) संग विद्यार्थी आदानप्रदान गर्ने सहमति र शिक्षक आदानप्रदानका विषयमा कुराकानी भएको विधालयले जनाएको छ।

ओकिनावामा रहेको र्युकुस युनिर्भसिटी (Ryukus University)संग कलेजस्तरिय विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्नेबारे विशेष भेटवार्ता समेत भएको छ। नेपालमा १२ कक्षा पासगरी सकेपछी स्नातक तथा स्नातकोत्तर तहमा अध्ययन गर्ने चाहने नेपाली विद्यार्थीहरुलाई लक्षित गरी सो युनिर्भसिटीसंग सहमतीका लागि छलफल अघि बढेको प्रशासकीय अधिकृत जोशीले बताउनुभयो । साथै नेपालका माध्यामिक विद्यालयका शिक्षकहरुलाई शिक्षण सम्बन्धि तालिममा सघाउने बिषयमा समेत सहमती भएको उहाँले बताउनुभयो ।

एल.आर.आइले नेपालमै पहिलो पटक डिजीटल प्रविधिबाट सिकाइने कुमोन कक्षा संचालन गर्दै

एल.आर.आइले शैक्षिक सत्र (२०८० /८१) देखि नेपालमा नै पहिलो पटक डिजीटल प्रविधिबाट सिकाइने कुमोन (KUMON) कक्षा संचालन गरिरहेको छ । कुमोन सिकाइले विद्यार्थीहरुलाई आधुनिक प्रणालीमा आवद्ध गरी उनीहरुलाई सजिलो माध्यमबाट गणित सिकाइन्छ । हाल विद्यालयले कक्षा ३ र ४ मा कुमोन कक्षा संचालन गरिरहेको छ । टोकियोस्थित कुमोन प्रतिनिधि मण्डल ले एल.आर.आइ नेपालको प्रतिनिधि मण्डललाई भ्रमणका क्रममा भव्य स्वागत गरेको थियो।

नेपालबाहिर संचालन भएको पहिलो नेपाली विधालयको भ्रमण


विधालयको भ्रमण टोलीले जापानको भ्रमणका क्रममा नेपालबाहिर स्थापना भएको पहिलो नेपाली विधालयको पनि भ्रमण गरेको छ ।
टोकियोमा रहेको एभरेष्ट इन्टरनेशनल स्कुलको एल.आर.आई भ्रमण टोलीले अवलोकन गरेको हो। नेपाली पाठ्यक्रम तथा नेपाली शैक्षिक क्यालेण्डरलाई आधार बनाएर स्थापित भएको उक्त स्कुलका संस्थापक अध्यक्ष भवन भट्टले भ्रमण टोलीको स्वागत गरेका थिए । उक्त स्कुल एनआरएनए जपानका पूर्व अध्यक्ष भट्ट लगायत अन्य लगानीकर्ताको साझेदारीमा यो जापानमा स्थापना गरिएको हो।

उक्त स्कुलमा पूर्व प्राथमिक कक्षा देखि कक्षा १२ सम्म पढाई हुने गर्छ । एलआरआई र जपानको एभरेस्ट इन्टर्नेशनल स्कुलबीच भगिनी सम्बध कायम रही आएको प्रशासकीय अधिकृत जोशीले बताउनुभयो। एल आर आईको भ्रमण टोलीले जपानमा रहँदा नेपाली राजदूतावाको समेत अवलोकन गरेको थियो ।

दूतावास अवलोकनमा क्रममा विद्यालयका गुठियार पन्त र प्रिन्सिपल डा. जोशीले जापानको ओकिनावा र टोकियोका शैक्षिक संघ संस्थाहरुसंग भएका आपसी कुराकानी र सहमतिकाबारेमा जपानका लागि नेपाली राजदुत दुर्गा बहादूर सुवेदी र उपप्रमुख अम्बिका प्रसाद जोशीलाई जानकारी गराउनु भएको थियो ।

राजदूत दुर्गा बहादुर सुवेदीले आफु बेलायतको राजदुत रहदा एलआरआई स्कुलले बेलायतका शैक्षिक संघ संस्थाहरु संग पनि बिभिन्न शैक्षिक आदान प्रदान गर्ने सहमति गरेको स्मरण गराउदै एलआरआई स्कुलले आफ्ना बिध्यार्थीहरुलाई ग्लोवल सिटिजनको अवधारणामा लगाउन गरेको प्रयास र शिक्षा क्षेत्रमा खेलेको भूमिका प्रति विधालयको प्रशंसा गर्नुभएका थियो ।

राजदूत सुवेदीले नेपालको शिक्षा क्षेत्रमा एलआरआई स्कुलले खेलेको अग्रणी भूमिकाको प्रसंशा गर्दै अन्तरास्ट्रिय शैक्षिक आदान प्रदान कार्यक्रममा विद्यालयलाई हरतरहले सहयोग गर्ने प्रतिवद्धता पनि गर्नुभएको थियो । उहाँले निकट भविष्यमै एलआरआईसंगको सहकार्यमा नेपाल-जापान शैक्षिक कार्यक्रम र मेलाको आयोजना गर्ने प्रतिबद्दता समेत व्यक्त गर्नुभयो ।

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार