आफ्नै सहकर्मीलाई ‘आज गुड फ्राइडे मनाउनुपर्छ’ भन्ने एसएसपी पालले दिए राजीनामा

काठमाडौं । आफ्नै सहकर्मी महिला प्रहरीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) योगबहादुर पालले राजीनामा दिएका छन् । उनले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा रहँदा आफ्नैं सहकर्मी एकजना महिला सहायक हवल्दारलाई ‘तिमी मलाई मन पर्‍यो, आज गुड फ्राइडे मनाउनुपर्छ’ भनेपछि विवादमा आएका थिए । ति महिला प्रहरी हवल्दारले गत जेठ १९ गते एसएसपी पालले दुव्र्यवहार गरेको भन्दै उजुरी दिएकी थिइन् ।

उक्त उजुरीउपर छानविनका लागि प्रहरी नायब महानिरीक्षक (डीआईजी) सुरेन्द्र मैनालीको नेतृत्वमा छानबिन समिति गठन गई अनुसंन्धान गर्दा पाललाई दोषी ठहर गर्दै बर्खास्त गरेको थियो । बर्खास्तका लागि सिफारिस गरेलगत्तै पालले पदबाट राजीनामा दिएका छन् ।

बिदामा घर जान लागेकी ति महिला प्रहरी साहायक हवल्दारलाई पालले दुर्व्यवहार गरेका थिए ।

उनि माथिको आरोपबारे छानविन गर्न बनेको समितिले एसएसपी पालले आफ्नै संगठनका अन्य महिला कर्मचारीलाई समेत दुर्व्यवहार गर्ने गरेको पाइएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार