बझाङ भूकम्प अपडेटः घाइतेलाई जिल्ला अस्पताल ल्याइयो, दर्जनौं घर भत्किए, राजमार्ग अवरुद्ध

बझाङ । बझाङमा भूकम्पमा परी घाइते भएका ब्यक्तिहरुलाई जिल्ला अस्पताल चैनपुर ल्याइएको छ । चैनपुर केन्द्रबिन्दु भएर गएको दोस्रो भूकम्पको झट्काले घाइते भएका ब्यक्तिहरुलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइएको हो ।

घाइते हुनेमा केहि विधार्थीहरु रहेको बताइएको छ । घाइतेको संख्या र पहिचान अझै हुन नसकेको प्रहरीको भनाई छ ।
प्रहरीकाअनुसार भूकम्पमा परी जयपृथ्वी नगरपालिका १० र सदरमुकाम आसपासका केहि ब्यक्तिहरु घाइते भएका हुन् ।

त्यसैगरी भूकम्पका कारण बझाङका विभिन्न सडकहरु भत्किाएको र सुख्खा पहिरो जाँदा अवरुद्ध भएका छन् । भुकम्पको झट्काले बझाङका कतिपय विधालय भवन समेत भत्किाएका छन् । भूकम्पको क्षतीबारे विवरण बुझ्ने काम भइरहेको र अहिलेसम्म कुनै मानविय क्षतीको खबर नआएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रवक्ता दिपेश चौधरीले बताए ।

बझाङमा आज दिउँसो आधि घण्टाको फरकमा दुई वटा भूकम्प जाँदा स्थानिय त्रसित भएका छन् ।

पहिलो पटक दिउँसो २ बजेर ४० मिनेटमा बझाङको तलकोट केन्द्रविन्दु बनाएर ५.३ र दोस्रो पटक दिउँसो ३ बजेर ६ मिनेट जाँदा बझाङको चैनपुर केन्द्रबिन्दु बनाएर ६.३ बझाङको म्याग्निच्यूटको भूकम्प गएको थियो । दोस्रो पटक गएको शक्तिशाली भूकम्पका कारण बझाङका विभिन्न ठाँउमा दर्जन बढि घरहरु भत्किएको, चर्किएको र मानिसहरुको भागाभाग भएको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार