इजरायलमा रहेका नेपालीबारे छलफल गर्न मन्त्रिपरिषद र सर्वदलीय बैठक बस्दै


काठमाडौं । प्रधानमन्त्री प्रचण्डले इजरायलमा रहेका नेपाली नागरिकहरूको बिषयमा छलफल गर्न मन्त्रिपरिषद र सर्वदलीय बैठक डाकेका छन् ।
आज अपराह्न ४ बजे प्रधानमन्त्रीको कार्यालय सिंहदरवारमा मन्त्रिपरिषद् र बेलुका ५ बजे सर्वदलीय बैठक बोलाएको हो । बैठकमा इजरायलमा रहेका नेपालीलाई आवश्यकतानुसार उद्धार, स्वदेश फिर्ती, राहत लगायतका विषयमा छलफल गरी निर्णय गरिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

शनिबार बिहान पालेस्टानइनको आतंकवादी समुह हमासले इजरायलमा आक्रमण गर्दा दश जना नेपाली विधार्थीको मृत्यु भइसकेको छ भने केहि घाइते छन् । आक्रमणपछि केहि नेपाली विधार्थीहरु सुरक्षाका लागि बकंरभित्र बसिरहेका छन् । उनिहरुले बंकरभित्रबाटै आफ्नो उद्धारकालागि नेपाल सरकारलाई गुहारिरहेका छन् । इजरायलमा केयर गिभर र कृषी लगायतका क्षेत्रमा काम गर्ने भन्दै चार हजार बढि नेपाली पुगेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार