नेपाली उपभोक्ता संरक्षण महासंघले पहिलो पटक नाग्ढुङ्गामा सवारी साधनको जनस्तरबाट अनुगमन गर्ने


काठमाडौं । नेपालको इतिहासमै पहिलो पटक काठमाडौं उपत्यकाको मुख्य नाका नाग्ढुङ्गामा सबै खाले सवारी साधनको अनुगमन गरिने भएको छ । नेपाली उपभोक्ता संरक्षण महासंघ नेपालको अगुवाईमा सरोकारवाला निकायको सहभागितामा मालबहाक तथा अन्य सवारी साधन र त्यहाँको बस्तुस्थितिका बारेमा जनस्तरबाटै अनुगमन गरिने भएको हो ।

काठमाडौं उपत्यका भित्रिने सामान र उपत्यका बाट बाहिर निकासी हुने सामान, चाडपर्वको बेलामा सार्वजनिक सवारी साधनले बोक्ने यात्रुको अवस्था लगायतका विषयमा पनि अनुगमन गरिने नेपाली उपभोक्ता संरक्षण महासंघका केन्द्रिय अध्यक्ष चन्द्र साउँदले अनमोल पोष्टलाई जानकारी दिएका छन् ।

आजै चन्द्रागिरी  नेपाली उपभोक्ता संरक्षण महासंघले नगर समिति समेत चयन गरेको छ । नगर समितिले एक कार्यक्रमको आयोजना गरी नयाँ कार्यसमिति चयन गरेको हो । जसको अध्यक्षमा हरी कुमार केशी, बरिष्ट उपाध्यक्षमा राम कुमारी महर्जन, उपाध्यक्षमा ज्ञानेन्द्र कायस्त , सुनिता प्रध्यान्व्य र राम कुमार थापा मगर रहेका छन ।

त्यसैगरी महासचिवमा संगिता खड्का , सचिवमा धनबिर महर्जन , सह सचिवमा कृष्ठ श्रेष्ठ र कोषाध्यक्षमा शरदा महर्जन चयन भएका छन् ।
भेलाले नरेन्द्र श्रेष्ठ, प्रताप लामा र गिता बराल लगायत १५ सदस्य समिति चयन गरेको छ ।

सल्लाहकार समितिमा राजेन्द्र बाँनिया, नबिन महर्जन र जगन्नाथ गौतम रहेका छन । उक्त समितिले दशैं तिहारलाई मध्य नजर गर्दै शनिबार देखि नै बस ब्याबसायीले जनतालाई के कस्तो ब्यावस्था गरेका छन, लामो तथा छोटो दुरीका यातायातमा यात्री तथा बसको ब्यावस्थापन , सुरक्षित यात्राको जाली जन स्तरबाटै हाम्रो नयाँ निर्मित समितिले के कस्ता सहयोग गर्ने बारे छलफल सँगै अनुगमन गर्ने निर्णय गरेको छ ।

कार्यक्रममा नेपली उपभोक्ता संरक्षण महासंघका अध्यक्ष चन्द्र साउँद, केन्द्रिय सदस्य सुरेश बोहरा, चन्द्रागिरी नगरपालिकाका नगर प्रमुख घनश्याम गिरी लगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार