नक्कली सर्टिफिकेट बनाएर पोलिक्लिनिक चलाएका डाक्टर पक्राउ


काठमाडौं । नक्कली सर्टिफिकेटधारी एक सरकारी डाक्टर पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङको विराटनगर महानगरपालिका वडा नम्बर २ घर भएका ४० वर्षीय सम्बुद्ध भट्टाचार्य रहेका छन् ।

उनलाई आज उपत्यका अपराध अनुसन्धानको टोलीले बसुन्धारामा उनलृ संचालन गरेको धवलागिरि हिमाल पोलिक्लिनिकबाट पक्राउ गरेको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीले जानकारी दिए ।

एसपी रेग्मीका अनुसार भट्टाचार्य साथबाट त्रिवि शिक्षण अस्पतालको परिचयपत्र पनि बरामद भएको छ । उनले भारतबाट एमबीबीएस उतीर्ण गरेको नक्कली प्रमाणपत्र पेस गरेको र त्यही आधारमा नेपाल मेडिकल काउन्सिलको परीक्षा उत्तीर्ण भएको प्रहरीको अनुसंन्धानमा खुलेको छ ।
उनले अहिलेसम्म ४० जना बिरामीको उपचार गरिसकेको प्रहरीमा बयान बताएका छन्।

उनले विदेश जाने व्यक्तिको मेडिकल रिपोर्टसमेत बनाउने गरेको खुलेको छ। भट्टाचार्यमाथि प्रहरीले इलाजसम्बन्धी र लिखतसम्बन्धी कसुरमा मुद्दा चलाउने तयारी गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार