नेपाल प्रहरीमा एक हजार बढी पदका लागि भर्ना खुल्यो

काठमाडौँ । नेपाल प्रहरीले एक हजार बढी पदका लागि भर्ना आव्हान गरेको छ । प्रहरी प्रधान कार्यालयद्धारा जारी सूचनाअनुसार जनपद प्रहरी समूहतर्फ रिक्त प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी पदहरूमा ठुलो संख्यामा भर्ना आव्हान गरेको हो ।

जारि सूचना अनुसार खुला तथा समावेशीसहित प्रहरी जवान पदमा १ हजार ८५६ पदका लागि आवेदन माग गरिएको छ । त्यसैगरी भान्छेका लागि ६३, हजाम ७ जना, कुचिकार २० जना र खेलाडी १४ जनाका लागि आवेदन आव्हान गरिएको छ ।
खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्नुपर्ने भएकाले योग्य उम्मेदवारले चैत ९ गतेसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।

जारि सूचना पनि पढौं

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार