काठमाडौं। ईन्जिनियरहरुको जम्बो टिम रास्वपा प्रवेश गरेको छ । आज पार्टी केन्द्रिय कार्यालयमा रास्वपा सभापति रवि लामिछानेले १८ जना ईन्जिनियरहरुको जम्बो टिमलाई पार्टीमा स्वागत गरेका हुन् । पार्टी प्रवेश गर्नेहरुलाई रास्वपा सभापति लामिछाने लगायत केन्द्रिय सहप्रवक्ता प्रतिभा रावल, केन्द्रिय सहकोषाध्यक्ष दिपक बोहोरा, केन्द्रीय सदस्य विजय जैरु, प्रदेश विभागीय उपप्रमुख ईन्जिनियर केशव राज जोशीले स्वागत गर्दै ब्याज लगाई दिएका थिए ।
पार्टी प्रवेश गर्नेहरुमा सप्तरीका रोहित कुमार यादव, विवेक चौधरी, सुमित देव, ललित कुमार यादव, सिरहाका सरोजकुमार सा, दिलीप कुरमार साह, पर्साका सुवाश यादव, विद्या सागर पटेल, शोसन साह कलवार, राकेश रौनियार, कंचनपुरका दिपक भट्ट, प्रकार जोशी, गणेश मल्ल, दिपेन्द्र राना, महोत्तरीका अशरफ मन्सुरी, चन्द्र प्रकास साह, सुशान्त कुमार साह र जुम्लाका हिक्मत बोहोरा रहेको केन्द्रिय सदस्य जैरुले जानकारी दिए ।