कतारी राजाको भ्रमण बिदाबारे आलोचनापछि गहृमन्त्री लामिछानेले भनेः हिजो पनि गलत आज पनि गलत

काठमाडौँ । कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणका अवसरमा सरकारले दिएको सार्वजनिक बिदाको आलोचना भइरहेका बेला गृह तथा उपप्रधानमन्त्री रवि लामिछानेले मुख खोलेका छन् ।
उनले सामाजिक संजालमा आलोचनाबारे प्रतिृकया दिदैं हिजोका कयौँ निर्णय र परम्परालाई नीतिगत निर्णय गरेर सच्चाउनुपर्ने बताएका छन् ।

लामिछानेले यसअघि २७ अक्टोबर २०१६ मा चिनियाँ राष्ट्रपति नेपाल आउँदा तत्कालीन सरकारले बिदा दिएकोमा सामाजिक सञ्जालमा आलोचना गरेका थिए । अहिले लामिछाने आफै गृहमन्त्री भएका बेला कतारी राजा नेपाल भ्रमणमा आउँदा सरकारले दिएको सार्वजनिक विदा र लामिछानेको उक्त आलोचनापुर्ण स्टाटस भाइरल भइरहेको छ ।

‘जे कुरा हिजो गलत भनिएको थियो त्यो आज पनि गलत नै हो, हिजोका अभिव्यक्तिहरूको गोताखोरी गर्नै पर्दैन। तर तीन दशकका अभ्यासहरूलाई सच्याउन समय त लाग्छ। धेरै काम हुँदैछन्, थोरै धैर्य गरिदिनु भए पुग्छ, उनले स्टाटसमा लेखेका छन् ।

गृहमन्त्री लामिछानेले लेखेको स्टाटसः

विगतका कयौँ निर्णय र परम्परा  छन् जसलाई नीतिगत निर्णय गरि सच्याउनु पर्छ। अनावश्यक बिदा, ‘भीआइपी सवारी’ का नामको नागरिकले पाउने सास्ती, करोडौँ खर्च गरेर दिइने पदक सम्मान, आममाफीका नाममा  पहुँचवाला अपराधीलाई मात्र छुट, सुरक्षाकर्मीहरूलाई कामदार बनाउने परम्परा, केही भूतपूर्वहरूलाई दिइँदै आएको अभूतपूर्व सुविधा लगायतका तमाम विषयमा  पदबहाल गरेको दिन देखि नै लगातार काम गरिरहेको छु । रिजल्ट आउँदैछ । तर विधि नै नफेरीकन कुनै व्यक्ति, देश वा घटना हेरेर फरक फरक निर्णय गरिनु कूटनैतिक, राजनैतिक र वैधानिक हिसाबले सही हुन्न । जे कुरा हिजो गलत भनिएको थियो त्यो आज पनि गलत नै हो, हिजोका अभिव्यक्तिहरूको गोताखोरी गर्नै पर्दैन। तर तीन दशकका अभ्यासहरूलाई सच्याउन समय त लाग्छ। धेरै काम हुँदैछन्, थोरै धैर्य गरिदिनु भए पुग्छ ।

विश्व अर्थ राजनीतिमा नयाँ मानक स्थापित गर्दै रहेको, हाम्रा लाखौँ युवाहरूलाई रोजगारीको अवसर दिइरहेको र नेपाल सँग ऐतिहासिक कूटनैतिक सम्बन्ध स्थापित भएको मित्र राष्ट्र कतारका अमिर शेख तमिम बिन हमाद अल थानी लाई नेपालमा ससम्मान स्वागत गर्दछु ।

लोकतन्त्रमा आफ्नो देशको नेतालाई नागरिकले आफ्ना कुरा मज्जाले भन्न पाउनु पर्छ। चासोका साथ प्रश्न र खबरदारी गरिदिनु हुने सबै प्रति आभार ।

लोकतन्त्र  दिवसको सबैलाई शुभकामना।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार