काठमाडौं। कान्तिपुर मिडिया गुर्पका अध्यक्ष कैलाश सिरोहिया अस्पताल भर्ना भएका छन् । उनलाई स्वास्थ्यमा समस्या देखिएपछि हिजो सांझ अस्पताल भर्ना गरिएको हो ।
किर्ते नागरिकताको मुद्दामा चार दिनदेखि धनुषा प्रहरीको हिरासतमा रहेका सोरोहियालाई उच्च रक्तचापसंगै मुटुको चालमा गडबडी आएपछि जनकपुरस्थित प्रादेशिक अस्पताल भर्ना गरिएको प्रहरीले जनाएको थियो ।
प्रादेशिक अस्पतालमा न्युरोलोजी लगायतको परीक्षण गर्ने सुविधा उपलब्ध नभएपछि जनकपुरस्थित काव्या अस्पतालमा लगिएको छ ।
डायबेटिज, उच्च रक्तचाप लगायतका पुराना समस्याबाट पीडित सिरोहियालाई टाउको दुख्ने, रिंगटा लाग्ने, छाती दुख्ने जस्ता समस्या आएपछि अस्पतालमा भर्ना गरेको थियो ।
‘काव्या अस्पतालका अनुसार सिरोहियाले मुटुको ब्लकेज समस्या आएपछि मुम्बईमा एन्जिओग्राफी गराएको र अहिले ग्रान्डीमा फलोअपमा गराइरहेका थ्एि । किर्ते नागरिकतामा किटानी परेपछि सिरोहियालाई मंगलबार कान्तिपुरको अफिसबाट पक्राउ गरि जनकपुर लगिएको थियो ।
कान्तिपुरले गृहमन्त्री रवि लामिछानेको सहकारी ठगी प्रकरणबारे निरन्तर समाचार प्रकाशित गर्दै आएकाले लामिछानेले प्रतिशोधपूर्वक आफूलाई गिरफ्तार गरिएको सिरोहियाको आरोप छ ।
भिडियो पनि हेरौं