भावि रणनीति तय गर्न चिकित्सक संघको आकस्मिक भेला

काठमाडौं । आन्दोलनको भावि रणनीति तय गर्न नेपाल चिकित्सक संघले आकस्मिक भेला गर्दैछ ।
आज (बिहीबार) दिउँसो २ बजे काठमाडौं उपत्यकामा रहेका चिकित्सकहरुको भेला डाकिएको संघले जनाएको छ ।

सरकारी कर्मचारी समायोजनमा असहमती राख्दै आन्दोलनमा उत्रेको संघले आफुहरुसंग सरकारले वार्ता गरी समाधान खोज्नुको सट्टा बल प्रयोग गरेर आफ्ना माग हरुलाई वेवास्ता गरेको भन्दै निन्दा गरेको छ ।

सरकारले चिकित्सक पेशालाई नै मानमर्दन गरेको र प्रहरी लगाएर धरपकड गरि चिकित्सकहरुलाई चिढ्याउने काम गरेकाले अब अर्को आन्दोलनबारे चिकित्सकहरुबीच छलफल गर्न आकस्मिक भेला डाकिएको संघका महासचिव डा. लोचन कार्कीले जानकारी दिए ।

सरकारी अस्पतालका आकस्मिक सेवा वाहेक सबै सेवा ठप्प पारेर आन्दोलनमा उत्रिएपछि बिरामी समस्यामा परेको भन्दै सरकारले बुधबार देशकै ठुलो वीर अस्पतालमा प्रहरीको साहेतामा टिकट काउन्टर खुलाएपछि चिकित्सक संघ आक्रोशित भएको हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार