रुपन्देही। गुमनाम भनिएका रवि लामिछानेले मुख खोलेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति समेत रहेका लामिछानेले आफू गुमनाम नभएको तर बोल्ने समय एकदम नजिक आएको बताउका छन् ।
आज रुपन्देहीको बुटवलस्थित उच्च अदालतबाट बाहिरिने क्रममा उनले यस्तो बताएका छन् ।
‘मलाई पुर्न भनेर सरकारले जत्रो खाल्डो खन्यो । मलाई मात्र पुर्न सानो खाल्डो खनेको भए त ठिकै हुन्थ्यो तर यति ठूलो खाल्डो खनियो कि यी सबै त्यो खाल्डोमा जाकिन्छन्’, सभापति लामिछानेले संचारकर्मीसंग भने ।
उनले आफू कतै नहराएको र जनताले सरकारका गतिविधि हेरिरहेको समेत बताए । सरकारले बालेन र हर्क जस्ता जनताका स्वतन्त्र पतिनिध्रिमाथि पनि अन्याय गरिरहेके लामिछाननेको भनाइृ थियो ।
लामिछानेले रुपन्देही जिल्ला अदालतबाट सुप्रिम सहकारी प्रकरणमा आफूसँग माग भएको १ करोड धरौटी खारेजीको माग गर्दै उच्च अदालत बुटवलमा निवेदन दिन त्यहाँ पुगेका थिए । यस्तै उनले पोखरामा पनि आफुसंग मागिएको ६५ लाख धरौटी खारेज गर्न भन्दे उच्च अदालतमा निवेदन दिएका छन् ।