राजावादी आन्दोलनमा पत्रकारको हत्यापछि पत्रकार महासंघद्धारा आन्दोलन घोषणा


काठमाडौं । राजावादी आन्दोलनमा आगोले जलेर पत्रकारको निधन भएपछि नेपाल पत्रकार महासंघले चर्को विरोध गर्दै आन्दोलनमा उत्रिएको छ । शुक्रबार काठमाडौंको तिनकुनेमा राजावादी प्रर्दशनकारीहरुले भवनमा आगो लगाउँदा भवनको छतबाट दृष्य खिचिरहेका फोटो पत्रकार सुरेश रजकको जलेर निधन भएको थियो ।

उक्त घटनामा महासंघले आफ्नो स्थापना दिवसको अवसरमा पूर्वनिर्धारित गरेका सम्पुर्ण कार्यक्रम स्थगित गर्दै पत्रकारको ‘हत्या’ र सञ्चारमाध्यमाथि भएको ज्यादतीका विरुद्ध विरोधसभा गर्ने भएको छ ।

‘बदलिएको परिस्थितिका कारण नेपाल पत्रकार महासंघले स्थापना दिवसका अवसरमा यही चैत १६ गते भोलिको लागि देशभर आह्वान गरेको पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रम स्थगित गरेको छ । स्थापना दिवसलाई पत्रकार ‘हत्या’ र सञ्चार गृह तथा संचारकर्मीमाथिको हमला विरुद्ध आन्दोलनका रूपमा शोक र विरोधसभाको रूपमा मनाउने जानकारी गराइन्छ’, महासंघद्धारा जारि विज्ञप्तिमा भनिएको छ ।

महासंले भोली शनिबार बिहान ८ बजे काठमाडौंको माइतीघर मण्डलामा भेला भएर पत्रकारको ‘हत्या’ र सञ्चारमाध्यमाथि भएको ज्यादतीका विरुद्ध विरोधसभाको आयोजना गरिएको समेत जनाएको छ ।
राजावादी आन्दोलनमा पत्रकार हत्या र सञ्चार गृहमाथिको आक्रमणको सवत्र विरोध भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार