मानवअधिकार आयोगले भन्योः राजावादीको हिंसात्मक गतिविधि स्वीकार गर्न सकिँदैन


काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले राजावादीको प्रर्दशन हिंसात्मक भएकाले स्विकार्न नसकिने बताएको छ । तिनकुनेमा भएको राजावादी प्रर्दशनमा हिंसा, हत्या, आक्रमण, आगजनी, तोडफोड, लुटपाट भएकाले त्यसलाई स्विकार गर्न नसकिने बताएको हो ।
शुक्रबार एक विज्ञप्ति जारी गर्दै आयोगले यस्तो बताएको हो । काठमाडौंमा गरिएका गणतनत्रवादी र राजावादी प्रदर्शन र आमसभालाई आयोगले चार वटा उच्चस्तरीय टोली बनाएर अनुगमन गरेको थियो ।

राजावादी प्रदर्शनकारीहरूले राष्ट्रिय मानवअधिकार आयोगको अनुगमन टोलीमाथि कोटेश्वरमा साङ्घातिक आक्रमण गर्दा टोलीका सदस्य घाइते समेत भएको आयोगले जनाएको छ ।

अनुगमनका क्रममा काठमाडौंको तीनकुनेमा राजावादी समर्थकहरूको प्रदर्शन र आमसभा हिंसात्मक भएको ठहर गरेको छ । जसमा राजावादीहरुले भवनमा लगाएको आगोमा परि एकजना पत्रकारको जलेर निधन समेत भएको छ ।

आयोगद्धारा जारि विज्ञप्ति

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार