
काठमाडौं । काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई तोकेको जरिवानाको पत्र बोकेर महाराजगंजस्थित निर्मल निवास गएर बुझाउने भएको छ ।
आज कार्यालय समयमा गएर जरिवानाको पत्र बुझाइने काठमाडौं महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले बताए ।
तिनकुनेमा राजावादीहरुको प्रर्दशनले सडकमा जताततै फोहोर, तोडफोड, आगजनी गरेको भन्दै महानगरले पूर्वराजा ज्ञानेन्द्रलाई विभिन्न ९ वटा शीर्षकमा ८ वटा पत्र काट्दै ७ लाख ९३ हजार जरिबाना तोकेको छ ।
पूर्वराजा ज्ञानेन्द्र शाहको नाममा पत्र लेख्दै महानगरले जरिवाना तोकेको हो ।
शुक्रबार राजावादीहरुले तिनकुनेमा राजतन्त्र र हिन्दूराष्ट्र माग्दै हिंसात्मक आन्दोलनमा परि दुईजनाको ज्यान गयो भने त्यस वरपर फोहोरमैला फल्नुका साथै तोडफोड गरेका थिए ।











