
काठमाडौं । राजावादी आन्दोलनमा मृत्यु भएका टिभी पत्रकार सुरेश रजकको गोली लागेर नभई आगोमा जलेर मृत्यु भएको पुष्टि भएको छ ।
काठमाडौंको तीनकुनेमा यहि चैत १५ गते भएको राजावादी प्रदर्शनमा आगजनीमा परेर पत्रकार रजकको मृत्यु भएको पोस्टमार्टमबाट पुष्टि भएको हो ।
त्रिवि शिक्षण अस्पताल भएको उनको पोष्टमार्टममा यस्तो पुष्टि भएको अस्पतालको फोरेन्सिक विभागले जनाएको छ ।
पत्रकार रजकको शरीरभित्र कुनै बन्दुक गोली नभेटिएको तर श्वासप्रश्वासको नलीमा धुँवाको मुस्लो गएको देखियोको पोस्टमार्टममा संलग्न चिकित्सकले बताएका छन् । उनलाई मारेर जलाएको भन्ने सामाजिकसंजालमा हल्ला चलेपछि शवको हिजो एक्स–रे गरेर आज पोष्टमार्टम गरिएको थियो ।
पोष्टमार्टमपछि रजकको शव परिवारलाई बुझाए छ । उनको आजै दाहसंस्कार गरिदैछ । सरकारले मृतक रजकको परिवारलाई दश लाख क्षतीपुर्ती निर्णय गरेको छ । पीडित परिवारले हत्यारालाई हदैसम्मको कारबाही गर्न माग गरेको छ ।
राजावादी आन्दोलनमा आफ्नो कर्म निभाइरहेका पत्रकार रजकलाई जिउँदै जलाएर हत्या गर्ने घटनाको चौतर्फी विरोध भइरहेको छ । घटनामा संलग्नको खोजि गरेर हदैसम्मको कारबाही हुर्नुपर्ने माग उठिरहेको छ ।











