प्रहरीले भन्योः दुर्गा प्रसाई पक्राउ परेका छैनन्


काठमाडौं । नेपाल प्रहरीले फरार रहेका दुर्गा प्रसाई अहिलेसम्म पक्राउ नपरेको जानकारी गराएको छ । नेपाल प्रहरीले एक विज्ञप्ति जारी गर्दै फरार रहेका प्रसाई अहिलेसम्म पक्राउ नपरेको जानकारी गराएको हो ।

प्रसाई पक्राउबारे विभिन्न समाचार आएपछि प्रहरीले उनि अहिलेसम्म पक्राउ नपरेको पुष्टि गएको छ ।
प्रहरीले जारी विज्ञप्तिमा भनेको छ, ‘विभिन्न आपराधिक घटनामा संलग्न रही फरार दुर्गा प्रसाई नेपाल प्रहरीको खोजीको सूचीमा रहेको जानकारी गराउँदै हालसम्म दुर्गा प्रसाई पक्राउ नपरेको हुँदा भ्रामक समाचार प्रकाशन, प्रशारण नगरिदिनु हुन सबैमा हार्दिक अनुरोध गर्दर्छौ ।’

बिहीबार राती अधिकांस संचारमाध्यमले प्रहरी स्रोत उद्रित गर्दै प्रसाई भारतबाट पक्राउ भनेर समाचार लेखेका थिए । उनलाई पूर्वी नाका काँकडभिट्टा हुँदै काठमाडौंतर्फ ल्याउने तयारी भइरहेको समाचारमा बताईएको थियो । त्यस्तै प्रसाईको सचिवालयले उनि पक्राउ नभई सुरक्षाका लागि भारतको आसाम प्रहरी समक्ष आत्मसमर्पण गरेको बताएको थियो ।

गत चैत्र १५ गते तीनकुनेस्थित राजावादीको हिंसात्मक प्रदर्शनपछि प्रसाई फरार छन् । घटना लगत्तै उनि बी ए बी ४२०८ नम्बरको स्कर्पियो चढेर भागेका थिए । उनि राजावादी आन्दोलनका कमाण्डर थिए । प्रसाई आन्दोलन स्थलबाट आफैले चलाएको गाडीले डिउटीमा रहेका सुरक्षकर्मीलाई किल्चने गरी भागेका थिए ।

प्रसाई झापा हुँदै भागेर भारततर्फ लागेको प्रहरी आशंका छ । तर प्रसाईंले भिडियो सन्देश जारी गर्दै आफू नेपाल मै रहेको दाबी गरिरहेका छन् । उनले पछिल्लो पटक जारी गरेको भिडियो सन्देशमा आफ्नो ज्यानको सुरक्षाको ग्यारेन्टी भएमा प्रहरीमा आफै आएर आत्मसमर्पण गर्ने बताएका छन् ।

जारी विज्ञप्ती 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार