नेपाल भारत सिमा नाका बन्दः सूचना सार्वजनिक नहुँदा सास्ती, एम्बुलेन्सलाई समेत रोक

काठमाडौं । पुर्वका नेपाल भारत सिमा नाका अचानक बन्द हुँदा नेपाली सर्वसाधारण मर्कामा परेका । भारतको पश्चिम बंगाल राज्यमा भोलि हुने लोकसभा निर्वाचनका लागि पुर्व सुचना विना सीमा नाका बन्द भएपछि सर्वसाधारण मर्कामा परेका छन् ।

सीमावर्ती भारतीय बजार गएका धेरै नेपालीहरु सीमा बजार पानीटेंकीमा रोकिएको  इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख प्रहरी नायब उपरीक्षक महेश थापाले जानकारी दिए ।

सीमा नाका बन्द गराउने विषयमा दुई देशका सीमा अधिकारीहरुको छलफल हुने भएपनि यो बर्ष छलफल नहुदा सर्वसाधारण सिमामा रोकिएका छन् । अहिले एम्बुलेन्स र भारतीय निर्वाचन आयोगको परिचय पत्र बोकेका भारतीय नागरिकलाई समेत भारतीय सुरक्षाकर्मीले सीमामा रोकेको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार