रास्वपाबाट रुपन्देही ३ मा उपनिर्वाचन लड्न ९ जनाको आवेदन


काठमाडौं । आगामी कात्तिक १७ गते रुपन्देही ३ मा हुने उपनिर्वाचनको लागि उम्मेदवार बन्न रास्वपामा ९ जनाले आवेदन दिएको छन् । जसमा शुलभ खरेल, पाथवेन्द्र उपाध्याय, डा।लेकजंग थापा, ज्ञानु पौडेल, जित बहादुर गुप्ता, कुशम महर्जन, रचना क्षेत्री, पुनमकुमारी अग्रहवाल र मधुप्रसाद अर्याल रहेका छन् ।

रास्वपाले आज फेसबुक लाइभ मार्फत यो सूची सार्वजनिक गरेको हो । निर्वाचन लड्न चाहने ब्यक्तिले साउन ७ गते बिहान १० बजेदेखि २१ गते बेलुका ५ बजेसम्मको समयसीमा रास्वपामा आवेदन दिन भनेको थियो ।

उम्मेदवारी दर्ता शुक्रबार बिहान १० बजेदेखि शनिबार ५ बजेसम्म उम्मेदवारीविरुद्ध दाबी विरोध गर्न सक्ने पार्टीका रुपन्देही निर्वाचन इन्चार्ज विपिन आचार्यले जानकारी दिए । यी उम्मेदवारप्रति केही गुनासा वा उजुरी भए केन्द्रीय निर्वाचन आयोग समक्ष दर्ता गर्न सकिने आचार्यले बताए ।

आर्चायका अनुसार साउन २५ गते उम्मेदवारहरूसँग छलफल गरिने, २६ गते प्रारम्भिक उम्मेदवारको नामावली प्रकाशित गर्नेछ । साउन २६ देखि भदौ ११ गतेसम्म पार्टीले अवलम्बन गरेको उम्मेदवार छनोट विधि अनुसार मापन गरिने इन्चार्ज आचार्यले बताए । भदौ १२ गते बिहानदेखि साँझ ५ बजे प्रारम्भिक निर्वाचन हुनेछ । रास्वपाले निर्वाचनमा उम्मेदवार उठाउनुपुर्व आन्तरीक निर्वाचन विधि अपनाउँदै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार