ओलीसंग करिब ५० हजार मतान्तरले बालेन विजयी

झापा । रास्वपा वरिष्ठ नेता बालेन शाह झापा– ५ मा झण्डै ५० हजार मतान्तरले विजयी भएका छन् । अन्तिम मतपरिणामअनुसार बालेनले ६८ हजार ३४८ मत पाएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी एमाले अध्यक्ष केपी १८ हजार ७२४ मत प्राप्त गरे ।

देशकै चर्चित निर्वाचन क्षेत्र बनेको झापा ५ बाट एतिहासिक जित भएपछि बालेन अब प्रधानमन्त्री बन्ने पक्का भएको छ । देशभरीकै मतपरिणम अनुसार रास्वपाले झण्डै दुईतिहाई ल्याउने संकेत देखिएको छ ।
बालेन अहिले आफ्नो निर्वाचन क्षेत्रका मतदातालाई धन्यवाद दिन र विजयको प्रमाण पत्र लिन निर्वाचन अधिकृतको कार्यालय झापा ५ पुगिसकेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार