सिरहा । नेपालको मधेस क्षेत्रमा महिलामाथी जघन्य अपराधका घटनाहरु जारी छन् । विभिन्न वहानामा श्रीमान लगायत घरका सदस्यहरुले महिलामाथी आगो लगाउने, पेट्रोल छर्कने जस्ता अपराधिक घटनाहरु बेला बेला भइरहन्छन् ।
त्यस्तै दुखत घटना सिरहामा पनि भएको छ ।
बिहीबार जिल्लाको नगरपालिका वडा नम्बर ८ की एक महिलालाई उनके श्रीमानले शरिरमा आगो लगाएर हत्या गर्ने प्रयास गरेका छन् ।
२१ वर्षीया कञ्चन मण्डललाई उनका श्रीमान बेचन मण्डल खत्वेले शरीरमा मट्टितेलमा खन्याई आगो लगाएर हत्याको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
आगोले कञ्चन शक्त घाइते छिन् । प्रहरीका अनुसार उनको शरीरको ८० प्रतिशत भाग जलेको छ । उनको वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचार सम्भव नभएपछि उनको अहिले काठमाडौंको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भइरहेको छ ।
आफ्नै श्रीमतीलाई आगो लगाएर हत्याको प्रयास गर्ने बेचन मण्डल खत्वे फरार छन् भने अनुसंन्धानका लागि कञ्चनकी सासुलाई नियन्त्रणमा लिइएको प्रहरीको भनाई छ ।