काठमाडौं । विहिबार विहान करिब ७ बजेतिर काठमाडौंको मैजुबहालमा रुखमा झुण्डिएको अवस्थामा एक पुरुषको शव भेटिएको छ । शव महानगरपालिकाको मैजुबहाल चोकबाट पश्चिमपट्टि रुखको हाँगोमा झुण्डिएको अवस्थामा फेला परेको हो ।
स्थानीयले रुखमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले घटनास्थलमा गएर शवको अनुसन्धान गरेको बताइएको छ । अनुसन्धानपछि खोटाङ घर भई हाल काठमाडौंको बौद्ध बस्दै आएका अन्दाजी ३५-४० वर्षका आङदेवा शेर्पा मृत रहेको बताइएको छ । प्रहरीका अनुसार शव जमिनबाट करिब ८ जति माथि रहेको छ ।
मृतककाे शव परिक्षणका लागि अहिले शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । उनको मृत्यु हो कि आत्महत्या हो भन्ने बारेमा जानकारी आइनसकेको प्रहरीले बताएको छ ।