काठमाडौं । प्राचिन महत्वको रातो मछिन्द्रनाथ रथयात्रा बुधबारदेखि सुरु भएको छ । वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथको रथ बुधबार दिउँसो ४ बजे ललितपुरको पुल्चोकबाट स्थानीयहरुले पुजाआजा गरेपछि रथ तानेर सुरु भएको हो ।
पुल्चोकबाट बाजागाजासहित रथलाई तानेर आज पहिलो दिन गाबहाल पुर्याइएको छ । बिहीबार त्यहाबाट र रथ तानेर सुन्धारातर्फ लगिनेछ । रथ यात्रामा अन्य बर्षको तुलनामा यसबर्ष उल्लेख मात्रामा स्थानियहरुको सहभागिता देखिन्थ्यो ।
सुन्धाराबाट महाबौद्ध र चाकुबहाल हुँदै जाउलाखेलमा ल्याएर समापन हुनेछ ।
लिच्छवीकालका राजा नरेन्द्रदेवका पालामा भारतको कामरूप कामाख्या गई ’वुंगद्य’ अर्थात् रातो मच्छिन्द्रनाथलाई काठमाडौं उपत्यकामा ल्याइएको किंवदन्ती जनमानसमा पाइन्छ छ । त्यहि किमदन्ती अनुसार बिशेष विधि पुर्वक यो जात्रा मनाइदै आएको छ ।
काठमाडौं उपत्यका यस्ता धेरै प्राचिन संस्कृती र परम्पराले सिंगो नेपालको नै पहिचान झल्काउँछ ।
हेर्नुहोस रातो मछिन्द्रनाथको मामोहक लाग्ने रथयात्राका केहि दृष्यहरु ।