काठमाडौं । मेचीनगरमा आफ्नै घरमा पालेको गोरुले हानेर एक जनाको मृत्यु भएको छ । मगंलबार साँझ जंगलबाट गोरु चराएर घर ल्याउदै गर्दा मेचीनगर–१४ प्रणामीनगरका ५० वर्षीय विष्णुप्रसाद श्रेष्ठलाई बाटोमै गोरुले हानेपछि मृत्यु भएको हो ।
साँझ कसैले थाहा नपाउने ठाउँमा गोरुले आक्रमण गरेका कारण श्रेष्ठको घनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले बताएका छन् ।
घरको मान्छेले अबेरसम्म पनि श्रेष्ठ घर नआएपछि खोज्दै जाँदा मृत अवस्थामा फेला पारेको स्थानीयले बताएका छन् ।