चितवन। त्रिशूली फेरि गाडी दुर्घटना भएको छ । विरजंगबाट काठमाडौँतर्फ फलफूल बोकेर जाँदै गरेको युपी ३२ एलएन ३८७० भारतीय नम्बरको मिनि ट्रक शुक्रबार बिहान त्रिशूली नदी किनारमा खस्दा दुई घाइते भएका छन । घाईते हुनेमा ट्रकका चालक भारत लखनउका ३५ वर्षीय महमद हसन र सहचालक सहिर अली घाइते भएको प्रहरीले जनाएको छ । उनीहरूको पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ ।
विहान करिब साढे दुई बजे भरतपुर महानगरपालिका– २९ दासढुङ्गा नजिकैबाट ट्रक सडकबाट करीब ६० मिटर तल त्रिशूली नदी खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।