काठमाडौ । महिनाबारीलाई मर्यादित बनाउनका लागि सरकारले नै विशेष पहल गर्नुपर्नेमा एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन् ।
बिशेषगरी, पश्चिम नेपालमा महिनावारी (छाउपडी) कै कारण यौन हिंसादेखि महिलाको अकालमै मृत्यु हुने गरेकाले यसमा सरकारले बिषेश योजना बनाएर अघि बढ्नुपर्नेमा उनिहरुले जोड दिएका हुन ।
छौटौं महिनावारी दिवसको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित एक अन्र्तकृयामा सहभागीहरुले महिनावारीको बेला महिलाले भोग्नु पर्ने समस्यालाई मध्यनजर गर्दै विभिन्न संघसंस्थाहरुले कार्यक्रमहरु गरिरहेको भएपनि तिनीहरु अझै गाउँ गाउँसम्म पुग्न नसकेको बताए । महिनावारी धार्मिक संस्कारसंग पनि धेरैहदसम्म जोडिएकाले यसबारे जनचेतना फैलाउनु आवश्क रहेको सरोकावालाहरुको भनाई थियो ।
कार्यक्रममा प्रस्तुतीकरण दिदै Menstrual health and Hygiene Management Practitioners Alliance (MHM PA) का गुणराज श्रेष्ठले महिनावारी एक प्राकृतीक नियम भएकाले यसलाई अपराधको जस्तै ब्यवहार गरिनु दुखत भएको बताए । महिनावारी हुनु प्रजनन् स्वास्थ्यमा तन्दुरुस्त हुनु एक बलियो प्रमाण भएकाले पनि यसलाई सकारात्मक रुपमा लिई कुनै विभेदबिना महिलाको खानपिन र सरसफाईमा ध्यान दिनुपर्ने बताए । महिनावारीलाई मर्यादित बनाउनका लागि सरकारले बजेट नै छुट्याएर बिशेष योजनाका साथ काम गर्नुमा जोड दिए ।
महिनावारी के हो ?
महिनावारी हुनु महिलामा हुने एक सामान्य प्राकृतिक शारिरिक प्रकृया हो । साधारणतया महिनावारी १२ देखि १५ वर्षको उमेरमा किशोरीहरुको महिनामा एकचोटी यौनीबाट रक्तश्राव हुनुलाई महिनावारी भनिन्छ । कसैमा आठ वर्ष देखि नै महिनावारीको लक्षण देखिने गर्दछ जुन साधरण मानिन्छ । महिनावारीको अन्तर लगभग २८ दिनमा हुने गर्दछ ।
महिनावारी भनेको शारीरिक परिवर्तनमध्येको एक परिवर्तन हो । यो हाम्रो शरीरमा भएका रागरसहरू (Hormones) को मात्रामा आउने परिवर्तनका कारणले हुने गर्दछ । महिनावारी प्राकृतिक सरसफाइ प्रक्रिया हो र महिनावारी हुनु भनेको गर्भवती हुन तयार हुने सङ्केत हो ।
महिनवारी हुनु भनेको महिलाहरु शारीरिक रुपमा परिपक्क हुनुका साथै प्रजनन् कार्य लागि सक्षम भएको एक बलियो प्रमाण हो ।
यो प्राकृतिक प्रकृया विवाहित महिलामा पनि महिनापिच्छे हुने गर्दछ । यो समयमा शरिरको रगत बाहिर निस्कने भएकाले किशोरी तथा महिलाहरु त्यो समयमा आफुलाई केहि कमजोर अनुभव गर्छन । त्यसैले यो बेलामा बिशेष सरसफाई र पोषिलो खानेकुरामा बढि ध्यान दिनुपर्दछ । तर, हाम्रो समाजमा महिनावारीको बेला घरभित्र बस्न नदिने, छुट्टै राख्ने, पोषिला खानेकुरा बार्ने आदि गलत कामहरु भइरहेका छन् ।
महिनावारीमा विभेद ।
(फोटो- गुगल)
नेपाली समाज आफैमा विभिन्न कुसंस्कर र रुढिवादीमा जगटिएको समाज हो । यहाँ विभिन्न खालका विभेदहरु कायम छन् । त्यो विभेद महिनावारी भएका बेला पनि महिलामाथी गरिदै आएको छ ।
काठमाडौंसहित नेपालका धेरै ठाउँमा महिला तथा किशोरीहरु महिनावारी हुदाँ अभिभावकले आफुसंगै घरभित्र नराखेर घरभन्दा भन्दा गोठमा राख्ने चलन अहिले पनि यथावत छ । जुन कुरा २१औं शताव्दीका लागि लाजमर्दो हो । नेपालमा महिनावारी हुँदा करिब ४० वटा विभेदहरु महिलामाथि हुने गर्छन ।
यस्तो छ महिनावरी विभेदको तथ्याङ ।
महिनावारीलाई सुरक्षित र मर्यादित बनाउनका लागि थुपैं सघंसस्थाहरुले काम गरिरहेका छन् । उनीहरुले विभिन्न अध्यन अनुसंन्धानगरी तथ्यांकहरु पनि बाहिर ल्याउने गर्छन र सरोकारवाला निकायको ध्यानाकर्षण गराउँछन् ।
यूनिसेफले २०१८ मा निकालेको एक तथ्यांक अनुसार नेपालमा झण्डै १३ देखि ४९ वर्षका १ करोड ४० लाख किशोरी तथा महिला महिनावारी हुन्छन् । त्यसमध्ये ५० प्रतिशत छात्रा महिनावारी भएको बेला विद्यालय जादैनन् । ६९ प्रतिशत छात्राहरुका लागि विद्यालयमा छुट्टै चर्पीको व्यवस्था छैन् । स्वास्थ्य सेवा विभागको तथ्याङ अनुासर करिब २२ प्रतिशत किशोरीहरुलाई महिनावारी सम्बन्धी जानकारी नै छेन ।
नेपालको अन्य क्षेत्र भन्दा कर्णाली र सुदूरपश्चिम प्रदेशमा ७१ प्रतिशत महिलाले महिनावारी भएको बेला चर्को विभेद भोगिरहेका छन् । यो तथ्यांक हेर्दा झण्डै आधा भन्दा बढी महिलाहरुले अहिले पनि महिनावारी भएको बेला कुनै न कुनै रुपमा विभेद भोगिरहेका छन् ।
प्याड प्रयोगको अवस्था
महिनावारी हुनु कुनै अपराध नभई एक प्राकृतिक प्रकृया भएपनि यसलाई समाजमा गलत रुपमा लिईदै आएको छ ।
महिनावारी भएका बेला अझै पनि गाउँघरमा महिला तथा किशोरीहरुले प्याडको प्रयोग गर्दैनन्, गरेपनि फोहर कपडाको प्रयोग गरेको पाईन्छ । जुन स्वास्थ्यका दृष्टीकोणले निकै खतरा मान्निछ ।
नेपालमा अहिले ४ वटा उद्योगले महिनावारी भएको बेला लगाउने प्याड उत्पादन गरी बजारमा विक्रि वितरण गरिरहेका छन् ।
जस्मिन हाइजिङ प्रोडक्टले निकालेको तथ्यांक अनुसार नेपालमा १६ लाख महिलाले महिनावारीमा प्याड प्रयोग गर्छन् । यसमा १३ करोड महिलाले विदेशी प्याड प्रयोग गर्छन् । नेपालमा झण्डै चार तिहाई प्याड विदेशबाट अयात हुन्छ ।
सबै भन्दा धेरै ९० प्रतिशत प्याड भारतबाट मात्रै आयात हुने गरेको जस्मिन हाइजिङ प्रोडक्टका म्यानेजिङ डाइरेक्टर पुनित सरदले बताए ।
नेपालमा उत्पादिन प्याडलाई निवार्य गर्नुका साथै हरेक महिला र किशोरीलाई प्रयोग गर्नका लागि जनचेतनामुलक कार्यक्रम संचालन गर्न सरकारले पनि पहल गर्नुपर्ने सरदको भनाई थियो ।
(फोटो- गुगल)
महिनावारी मर्यादित बनाउने सरकारी प्रयास
सरकारले महिनावारीलाई एउटा समाजको समस्याका रुपमा केहि बर्ष यतादेखि लिँदै आएको छ । महिनावारी भएका बखत किशोरी बलात्कार र मृत्यु नै भएका खबरहरु बारम्बार आउन थालेपछि सरकार यो बिषयमा केहि गम्भिर भएको हो ।
गतबर्ष सरकारले महिनावारीका विषयमा ७ वटा बुद्धामा सहमति गरेर कार्यान्वयन गर्ने गरि हस्ताक्षर गरेको थियो । तर, अझै त्यो कार्यान्वयनमा आउन सकेको छैन् । सरकारको ७ बुद्धे घोषणापत्रमा चर्पी निमार्णदेखि महिनावारीका बेला हुने हिंसा न्यूनिकरणका लागि पहल गर्नेसम्मका योजनाहरु थिए । सरकाले २०१७ मा छाउपडीलाई अपराधको रुपमा पनि घोषणा गरेको छ ।
तर, अहिलेसम्म एकजना पनि कारवाहीको दायरामा आउन सकेका छैनन् । महिनावारी भएका बेला महिलालाई घरबाट बाहिर राख्ने, छाउगोठमा छुट्टै राख्ने रेको पाइएमा त्यस्ता अभिभावकलाई दण्ड जरिवाना समेतको ब्यवस्था गरिएको भएपनि त्यो ब्यवहारमा लागु हुन सकेको छैन ।
महिनावारी एक स्वास्थयमा हुने सामान्य प्राकृतिक प्रकृया हो भनेर थाहा पाएका शिक्षित बर्ग नै यसको अनुसरण गर्दै आएको पाइन्छ । जुन बिड्मवना हो ।