हुरीले करौंडौंको खेती नष्ट

कैलाली । हावाहुरीले कैलाली र कञ्चनपुरमा लगाइएको केरा खेतीमा करौंडौंको क्षति पुर्‍याएको छ ।

दुवै जिल्लामा करिब ९५ प्रतिशत केरा खेती नष्ट भएको किसानले दावी गरेका छन् । कैलाली र कञ्चनपुरमा यो वर्ष एक हजार हेक्टरभन्दा बढी जमीनमा केरा खेती गरिएको थियो ।

हावाहुरीले कतिपय किसानको केरा खेती पूर्ण रुपमा सोत्तर पारेको कैलाली, कञ्चनपुर केरा कृषक सङ्घर्ष समितिका संयोजक सुरेन्द्र चौधरीले जानकारी दिए । ‘किसानहरु अहिले पनि खेतमा पुगेर रोइरहेका छन्’, उनले भने, ‘यो वर्ष सबैभन्दा बढी क्षति भयो ।’

चौधरीका अनुसार दुवै जिल्लामा गरेर केरा खेतीमा करिब २०र२१ करोड रुपैयाँ बराबरको नोक्सान भएको छ । कुनै(कुनै किसानको खेतको केरालाई हावाहुरीले सतप्रतिशत नष्ट गरेको उनले बताए ।

सबैभन्दा बढी कैलालीको टीकापुरमा करिब चार सय बिघा जमीनमा केरा खेती भइरहेको छ । यो क्षेत्रमा भने हावाहुरीले धेरै नोक्सान गरेको छैन ।

टीकापुरमा बढीमा दुईरतीन बिघा जमीनमामात्रै केरा खेतीमा नोक्सान भएको किसानले जनाएका छन् ।

तर, कञ्चनपुरको कृष्णपुर नगरपालिका र कैलालीको गोदावरी नगरपालिकामा व्यापक क्षति भएको छ । गोदावरी नगरपालिका(६ बडेहामा विगत छ वर्षदेखि केरा खेती गर्दै आएका कृषक लक्षिराम आचार्यले १२ बिघा जमीनमा लगाइएको केरा पूर्ण रुपमा नष्ट भएको जनाए ।

‘यस्तो क्षति कहिल्यै भएको थिएन’, उनले भने(‘१६ हजार केराको बोटमध्ये १४ हजार ४०० पूर्ण रुपमा नष्ट भएको छ ।’ हावाहुरीले करिब ५० लाख रुपैयाँ बराबरको नोक्सान भएको आचार्यले जनाए ।

कतिपय किसानले कृषि बीमा गरेका थिए । तर, कतिपयको बीमा थिएन । कृषि बीमा नगरेका किसानको यो वर्षको लगानी र मिहिनेत दुवै डुवेको छ ।

आफूले कृषि बीमा गरे पनि ढिलो गरी फागुन १ गते मात्रै बीमा गरेकाले क्षतिपूर्ति दाबी गर्न नपाउने कृषक आचार्यको भनाइ छ । ‘यस्तो विपद् आउला भन्ने सोचिएकै थिएन’, उनले अगाडि थपे, ‘उत्पादन दिने अवस्थामा पुगेको केरा खेती पूरै सोत्तर भयो ।’

किसानले लगाएको केरा यो बेला पसाएर फल्ने ९घरी लाग्ने० अवस्थामा पुगेको थियो । उनीहरुले हरेक वर्ष असार मसान्त वा साउन पहिलो हप्ताबाट आफ्नो उत्पादन बजारमा पठाउने गरेका छन् । तर, केरा उत्पादन हुने बेलामै आएको विनाशकारी हावाहुरीले सबै नष्ट गरेको सङ्घर्ष समितिका संयोजक चौधरीले बताए । सालभरिको लगानी खेर गएको उनको भनाइ छ ।

चौधरीले कञ्चनपुरको कृष्णपुरमा यसवर्ष १५ बिघा जमीनमा केरा खेती गरेका थिए । सात बिघाको एउटा प्लटमा सतप्रशित र अर्को छ बिघा प्लटमा ९० प्रतिशत केरा नष्ट भएको उनले बताए ।

कञ्चनपुरको गुलरिया नगरपालिकास्थित विभिन्न वडामा गरी १०० बिघा जमीनमा केरा खेती हुँदै आएको छ । वडा नम्बर २, ४, ५ र ६ मा लगाइएको केरा खेतीमा बढी नोक्सान भएको जनाइएको छ ।

यसैगरी, कैलालीको बडेहामै रामबहादुर कुँवरले दुई बिघा जमीनमा लगाएको केरा खेती पनि नष्ट भएको छ ।

कैलालीकै गौरीगङ्गा नगरपालिकास्थित मङ्गलपुर र चौमालामा पनि हावाहुरीले केरा खेतीमा नोक्सान गरेको छ ।

वर्षभरिको लगानी डुव्ने गरी हावाहुरीले क्षति गरेपछि किसान चिन्तित भएका छन् । हावाहुरीले तरकारी, मकै लगायतमा व्यापक क्षति गरेको छ ।-अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार