आफ्नै छोरीलाई यौन शोषण गर्ने मन्त्रालयका एक उपसचिव पक्राउ

विदेशको उदाहरण दिएर छोरीलाई पटक पटक बलात्कार गर्थे

काठमाडौं । आफ्नै छोरीलाई पटक पटक यौन शोषण गरेको आरोपमा एक उच्चतहका सरकारी अधिकारी पक्राउ परेका छन्। पक्राउ पर्नेमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा उपसचिव पदमा कार्यरत यादव थरका ति ब्यक्तीलाई गएराति पक्राउ गरिएको ललितपुर प्रहरीले जनाएके छ ।

यादवलाइ धोविघाट उनकै घरबाट पक्राउ गरेको हो। पीडितले उनि विरुद्ध उजुरी दिएपछि उनलाई पक्राउ गरिएको ललितपुर प्रहरी प्रमुख रवीन्द्र धानुकले बताए।

उपसचिव यादवले आफ्नी १८ वर्षीया छोरीलाई विदेशको उदाहरण दिदै पटक पटक जबरजस्ती करणी गर्दै आएको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको प्रहरीको भनाइ छ ।

महोत्तरी सोनमा घर भई हाल ललितपुर धोविघाट बस्दै आएका ४५ वर्षीय यादवले आफ्नै छोरीलाई विदेशतिर बाबु–छोरीबीच शारीरिक सम्बन्ध हुने गरेको उदाहरण दिँदै पटक पटक शारीरिक सम्बन्ध गर्न बाध्य पारेको पीडितले प्रहरीलाई बताएकी छन् । बुवाले छोरीलाई पटक पटक करणी गर्दै आएको कुरा आमालाई समेत थाहा भएको र श्रीमानलाई त्यस्तो नगर्न धेरै पटक आग्रह गरेको आमाले प्रहरीलाई बताएकी छन्।

पक्राउ परेका उपसचिव यादवबिरुद्ध मुलुकी अपराध संहिताको जबरजस्तीकरणीको कसुर अन्तरगत म्याद थप गरेर अनुसन्धान भइरहेको प्ररहीले बताएको छ ।

घटना यसरि बाहिर आयो
उपसचिव यादवले ३ / ४ बर्षदेखि नै छोरीलाई यौन शोषण गर्दै आएको खुल्न आएका थिए । काठमाडौं मै कक्षा १२ मा अध्ययनरत छोरीलाई उनले ललाईफकाई, डरधम्की देखाउँदै शारिरीक सम्बन्ध राख्दै आएका थिए । जुन कुरा किशोरीकी आमालाई थाहा थियो । घरपरिवारको बेज्जत हुने डरले आमाले उक्त कुरा बाहिर ल्याएकी थिइनन् ।

प्रहरीका अनुसार, छोरीको प्रेम सम्बन्ध जब आफ्नै कलेजका एक शिक्षकसंग भयो त्यसपछि उनै शिक्षकको आग्रहमा बुवाको कुकृत्यबारे प्रहरीमा जाने कुरा आमा छोरीबीच भएको रहेछ । त्यसपछि गत जेठ १९ गते आमा छोरीले घटनाबारे ललितपुर प्रहरीमा उजुरी दिएका थिए ।
बाबुले जबरजस्ती करणी गरेको भन्दै छोरीले नै प्रहरीमा उजुरी दिएपछि यादवलाई पक्राउ गरिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार