काठमाडौं । यस वर्षको एसइईको नतिजा असारको तेस्रो हप्ता आउने भएको छ। चैतमा लगिएको एसइएको परिक्षा असार दोस्रो हप्ता मात्रै प्रकाशन गरिने राष्ट्रिय परिक्षा बार्डले जनाएको छ ।
यसअघिका वर्षमा असारको पहिलो वा दोस्रो हप्तामै नतिजा आउने गर्थ्यो तर यस वर्ष प्रदेश २ मा प्रश्नपत्र बाहिरेर फेरि परिक्षा दिनुपर्दा नतिजा प्रकाशनमा ढिलाई भएको हो ।
‘प्रदेश २ मा प्रश्नपत्र बाहिएपछि ८ देखि १० दिन ढिला भयो भने बार्डले जनाएको छ । यसका साथै कर्मचारीले अभावले पनि नजिता प्रकाशनमा ढिलाई भएको हो ।
चैत १० बाट सञ्चालित एसइई परीक्षामा प्रदेश २ मा परीक्षा हुनुभन्दा अगावै प्रश्नपत्र बाहिरिएपछि रद्द गरिएका विषयको परीक्षा २२ चैतबाट सञ्चालन गरिएको थियो। यस वर्षको एसइई परीक्षामा चार लाख ७५ हजार परीक्षार्थी सहभागी भएका थिए।