काठमाडौं । नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले ओली सरकारले ल्याएको गुठी विधेयक नेपालको संस्कृति र सभ्यतामाथिकै प्रहार भएको बताएका छन् ।
नेपाली काङ्ग्रेस काठमाडौँ महानगरपालिकाले काठमाडौंमा आयोजना गरेको ‘विरोध सभामा बोल्दै नेता सिंहले भने, “संसद्मा पेश गरिएको गुठी विधेयक सरकारले तत्काल फिर्ता लिनुपर्छ, यो कुनैपनि हालतमा स्विकार छैन ।”
नेता सिंहले गुठी विधेयकलाई फिर्ता लिई सरोकारवालासँग छलफल र परामर्श गरेर पुनह विधेयक ल्याउनुपर्ने सुझाव समेत दिए।