बाजुरामा एसईईमा फेल भएको भन्दै एक विद्यार्थीद्धारा आत्महत्या

बाजुरा । बाजुरामा एसईई परिक्षामा दुई विषय लागेको भन्दै एक विद्यार्थीले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा जिल्लाको बडिमालिका नगरपालिका १ पीनालेखका जंग कार्की रहेका छन् ।

आफ्नै नगरपालिकामा रहेको जाल्पादेबी माविबाट एईई दिएका कार्कीले एसईईमा विषय लागेकाे थाहा पाएपछि शुक्रबारबाट वेपत्ता भएका थिए । शनिबार उनलाई रुखमा डोरीले झुण्डिएको अवस्थामा फेला पारेको आफन्तले बताएका छन् ।

तर, आत्महत्याको वास्तविक कारण भने खुल्न सकेको छैन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार