प्रहरीको गोली लागि एकको मृत्यु, १० भन्दाबढी घाइते

काठमाडौं । प्रहरीको गोली लागेर सर्लाहीमा एक जनाको मृत्यु भएको छ भने १० जना भन्दा बढी घाइते भएका छन् । मृत्यु हुनेमा ईश्वरपुर नगरपालिका स्थानीय सत्यनारायण महतो रहेका छन् ।

शनिबार खोलामा बालुवा झिकेको खाल्डोमा डुबेर बालकको मृत्यु भएपछि प्रदर्शनमा उत्रिएका स्थानीयबासी माथि प्रहरीले गोली चलाएको थियो । स्थानीयले राजमार्गमा गरेको प्रदर्शनलाई निणन्त्रणमा लिन प्रहरीले गोली चलाएको बताइएको छ ।

प्रदर्शनकारीको आक्रमणबाट १० भन्दा धेरै प्रहरी र केही सशस्त्र प्रहरी घाइते भएका छन् । घाइतेको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार