काठमाडौं । संखुवासभामा विप्लव समूहले प्रहरीको टोलीलाई लक्षित गरेर गोली चलाएपछि सहायताका लागि काठमाडौं बाट सेनाको टोली गएको छ । विप्लव समूहले सिलिचोङ १ मा रहेको सशस्त्र प्रहरीको टोलीलाई लक्षित गरेर फायरिङ गरेको छ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीका दुई प्रहरी निरीक्षकको नेतृत्वमा टोलीमा ५० जना रहेका छन् ।
प्रहरीका अनुसार प्रदेश १ को प्रहरी कार्यालयबाट पनि टोली घटना स्थलतर्फ पठाइएको छ । प्रहरी टोलीले खाना खाइरहेका वेला कम्तिमा २५ जना हतियारसहित रहेको टोलीसँग जम्काभेट भएको बताइएको छ ।
प्रहरीले हतियार सहितको टोली विप्लव समूहको हो या होइयन भनेर पृष्टि गर्न सकेको छैन् ।













