आफ्नै भुमीमा भगवान बुद्धको मुर्ती नै तोडफोड, को रहेछ अपराधी ?

रुपन्देही । आफ्नै जन्मभुमीमा भगवान बुद्धको मुर्ती तोडफोड भएको छ । बुटवल बेलहिया सडक खण्ड अन्तर्गत तिलोत्तमा नगरपालिकाको ६ लेन सडकमा राखिएका बुद्धका मुर्तिहरु गएराती अज्ञात समुहले तोडफोड गरेको हो।

तिलोत्तमा नगरपालिकाको योगकुटीदेखि मंगलापुरसम्मको सडकमा सुन्दर ढंगले राखिएका बुद्धका पाँच वटा मुर्तीहरु पुरै काम नलाग्नेगरी तोडफोड गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

शान्तीका दुत भगवान गौतम बुद्धका मुर्तीहरु किन र कसले तोडफोड गर्यो भन्ने बिषयमा प्रहरीले गहिरोसंग अनुसंन्धान गरिरहेको जनाएको छ ।
सडकको सौन्दर्य बढाउन र बुद्ध जन्मस्थल लुम्बिनीको पहिचान दिन ६ लेन सडकको बीचमा बुद्धका मूर्ति स्थापना गरिएको नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले बताए ।

लुम्बिनी भ्रमण वर्षको अवसर पारेर गत वैशाख १ गते प्रदेश ५ सरकारका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले उक्त बुद्धमूर्तिहरु अनावरण गरेका थिए ।

अपमानजनक ढंगले भगवान बुद्धका मुर्तीहरु तोडफोड गरिएकोप्रती विभिन्न बौद्धमार्गी संघ संगठनहरुले बिरोध गरेका छन् । यस्तो कार्यमा संलग्नहरुको तत्काल खोजीगरी कडा कारवाही गर्न समेत उनिहरुले माग गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार