
कैलाली । कैलालीमा चुरे गाउँपालिका वडा न ३ स्थित धप्रेनीमा भएको ट्रिपर दुर्घटनामा चालकको मृत्यु भएको छ ।
गत राती से १ क ६९७ नं को ट्रिपर एक्कासी अनियन्त्रीत भई धप्रेनी नजिकैको खोल्सामा खस्दा चालक चुरे गाउँपालिका वडा न ६ गढीका नरेन्द्र थापाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय फल्टुडे कैलालीका प्रमुख ईन्सपेक्टर माधव बिश्वकर्माले जानकारी दिए ।
दुर्घटनामा सहचालक चुरे ६ बयलाका पदम सुर्जा घाइते भएका छन् । उनको अहिले अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भइरहेको छ । ट्रिपर रोडबाट करिब दुईसय मिटर तल खोल्सामा खसेको थियो ।












