सिन्धुपाल्चोक। डेंगु सङ्क्रमणबाट सिन्धुपाल्चोकमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको इन्द्रावती गाउँपालिका–१२ भिमटारका ६५ वर्षीय रामबहादुर दनुवारको रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार उनको उपचारको क्रममा मृत्यु भएको हो ।
डेंगु रोगबाट संक्रमित उनलाई कडा ज्वरो आउने, टाउको दुख्ने हुन थालेपछि उपचारका लागि धुलिखेल अस्पताल लगिएको थियो । धुलिखेलले डेंगु भएको भन्दै काठमाडौँ लैजान सुझाव दिएपछि उनलाई काठमाडौंको बानेश्वरस्थित भेनस अस्पतालमा ल्याइएको थियो ।
पुर्बको धरानबाट सुरु भएको डेंगु रोग अहिले फैलिदै ४२ जिल्लाहरुमा पुगिसकेको छ । यसको रोकथाम र भरपर्दो उपचारको ब्यवस्था नहुँदा संक्रमितहरु बढ्दै गइरहेका छन् ।
यो पनि पढ्नुस
यो पनि पढ्नुस











