
कैलाली । कैलालीबाट झण्डै ३० लाख अवैध रकमसहित एक भारतिय नागरिक पक्राउ परेका छन् ।
शुक्रबार बिहान भारतिय नागरिक अतुल बर्माको साथबाट २९ लाख ८० हजार नेपाली अवैध रुपैंया बरामद भएको कैलाली प्हरलिे जनाएको छ ।
युपी ३१ एके ७३४८ नम्बरको कारमा लुकाएर ल्याउँदै गरेको अवस्थामा कैलाली भन्सार कार्यालय नजिकैबाट बर्मालाई पक्राउ गरिएको कैलालीका प्रहरी उपरीक्षक सुदिप गिरीले जानकारी दिए ।
उपरीक्षक गिरीका अनुसार प्रहरीलाई आएको गोप्य सूचनाका आधारमा उनी चढेर आएको कारको खानतलासी गर्दा २५ लाख नेपाली रुपैयाँ र ३ लाख भारतीय रुपैयाँ बरामद भएको हो ।
धनगढीमा सुन पसल सञ्चालन गर्दै आएका बर्माको साथबाट विभिन्न बैैंकका ६ वटा एटिएम कार्ड र खाली चेक समेत बरामद भएको उनले बताए।
ठुलो परिमाणमा रहेको नेपाली रकम भारतिय नागरिक बर्माले किन लुकाएर ल्याँउदै गरेका थिए भन्ने विषय शङ्कास्पद रहेकाले उनिमाथि थप अनुसंन्धान भइरहेको प्रहरीको भनाई छ।
यो पनि पढ्नुस
प्रहरीलाई ठुलो सफलताः चार थान पेस्तोल र सुनसहित पक्राउ परेका ३ जना सार्वजनिक











