बलात्कारको आरोप लागेका १६ वर्षीय बालकलाई सुधार गृहमा राखेर अनुसन्धान गर्न आदेश

ओखलढुंगा । बलात्कारको आरोप लागेका १६ वर्षीय बालकलाई सुधार गृहमा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ ।
नाताले भाञ्जी पर्ने ७ वर्षीया बालिका बलात्कार गरेको आरोपमा पक्राउ परेका एक १६ वर्षीय बालकलाई सुधार गृहमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत ओखलढुंगाले आदेश दिएको हो ।

दिदीको घर गएको समयमा भदौ ३ गते बालिका बलात्कार गरेको आरोपमा भदौ ४ गते पक्राउ परेका बालकलाई जिल्ला अदालतका न्यायाधीश बलबहादुर केसीको इजलासले सुनुवाइ गर्दै विराटनगरस्थित बाल सुधार गृहमा राखेर मुद्दाको अनुसन्धान गर्न शुक्रबार आदेश दिएको थियो ।

अदालतका श्रेस्तेदार नेत्रबन्धु पौड्यालका अनुसार नाबालकलाई थुनामा अन्य व्यक्तिसरह नराख्ने प्रावधान अनुसार विराटनगर पठाइएको हो। बालिकालाई फकाइफुल्याइ बलात्कार गरिरहेको अवस्थामा अभिभावकले फेला पारेर आारोपित बालकलाई प्रहरीमा बुझाएका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार