कैलाली । मोटरसाइकल दुर्घटनामा परी कैलालीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा घोडाघोडी नगरपालिका २ साडेपानीका ५० वर्षीय देवीराम आचार्य रहेका छन् ।
बिहिबार पूर्व पश्चिम राजमार्ग अन्तर्गत साडेपानीमा मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको हो । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको अनटेस्ट मोटरसाइकल र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको से ७ प ८७५० नम्बरको मोटरसाइकल एक आपसमा ठोकिएको प्रहरीले जनाएको छ ।












