विजयको सन्देश लिएर काठमाडौं जान्छु, कांग्रेस उपसभापति निधि

पोखरा। नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधिले मंसिर १४ मा हुन लागेको प्रतिनिधि सभा सदस्यको निर्वाचन कांग्रेसले जित्छ भन्ने सन्देश लिएर काठमाडौं जाने इच्छा रहेको बताएका छन् ।

बिहीबार उमेदवारी मनोनयन दर्तासँगै कास्की २ मा उम्मेदवार घोषणा सभामा पुगेका नेता निधिले कांग्रेसले जित्छ भन्ने सन्देश लिएर जाने ठुलो इच्छा रहेको बताए ।

आगामी मंसिर १४ मा हुने उपनिर्वाचनको लागि कांग्रेसले अरु पार्टीले भन्दा निकै ढिलो गरि उम्मेदवारको टुंगो लगाएको थियो । नेपाली कांग्रेसका १६ आकाक्षीमध्येबाट कांग्रेसलाई उम्मेदवार टुंग्याउन निकै हम्मेहम्मे नै पर्यो । सभालाई सम्बोधन गर्दै निधिले कास्की २ मा उमेदवार टुंगो लगाउन हम्मेहम्मे परेको स्मरण समेत गरेका थिए ।

उम्मेदवार घोषणासँगै पार्टीभित्रको गुट र अन्र्तघात पनि अन्त्य भएको उनले सुनाए । अघिल्लो चुनावमा रवीन्द्रले गुटकै कारण कांग्रेसको भोटले जितेको दाबी गर्दै निधिले गुटबन्दी अन्त्य गर्नुपर्ने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार