बैतडीमा वडा सदस्य मृत भेटिए

बैतडी । बैतडीको पुर्चौडी नगरपालिका ३ का वडा सदस्य गणेश पार्की मृत भेटिएका छन् । उनी शुक्रबार मृत भेटिएका हुन् ।

उनको शव पुर्चौडी नगरपालिका–१ स्थित राताशीला मन्दिर नजिक फेला परेको प्रहरीले जनाएको छ । पार्की गएराति स्थानीय राताशीला मन्दिरमा जात्रा हेर्न गएका थिए ।

उनको मृत्युको कारण थाहा नभएकाले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार