अर्घाखाँची। अर्घाखाँची बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १७ पुगेको छ । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नं ६ नरपानीमा भएको बस दुर्घटनामा मर्नेको संख्या १७ पुगेको हो।
दुर्घटनामा बसका चालकको समेत मृत्यु भएको छ । गाडी चालक अन्दाजी ३० वर्षीय ओमबहादुर थापा बसन्तको घटनास्थलमै मृत्यु भएको हो । अन्यको सनाखत हुन सकेको छैन ।
बधबार दिउँसो ४ बजेतिर सन्धिखर्कबाट बुटबल जाँदै गरेको लु २ ख २१४८ नम्वरको बस नरपानी बजार नजिकैको घुम्तीमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
बस सड्कबाट करिब ५ सय मिटर तल खसेको बताइएको छ । घटनास्थल निकै अप्ठ्यारो भिड भएकाले उद्धार कार्य भइरहेको प्रहरीले जनाएको छ । घटना बारे अन्य विवरण आउन बाँकी छ । अहिले पनि प्रहरीले उद्धार गरिरहेका छन् ।
बस के कारणले दुर्घटना भएको हो र कति यात्रु थिए भन्ने अझै खुल्न सकेको छैन् ।








