पोखरा । माटोको ढिस्कोमा पुरिएर मृत्यु हुनेको संख्या पाँच पुगेको छ । पोखरा–२० मौजामा ढिस्कोले पुरिएर मृत्यु भएका सबै सल्यानको एउटै गाउँका स्थानीय भएको प्रहरीले जनाएको छ ।
उनीहरु सल्यानबाट पोखरा आएर महानगरको कनेक्टिभिटी सडक निर्माणको काम गर्दै आएका थिए । पाँचै जना सल्यानको बागचौर नगरपालिका–४, पेदीखोला हुन् ।








