गुल्मी । गुल्मीको इस्मा गाउँपालिकाले आज शोक विदा दिएको छ । मंगलबार गुल्मीको इस्माबाट कुलपुजाको लागी बागलुङ जाँदै गरेको जीप दुर्घटनामा १४ जनाको ज्यान गएपछि आज गाउँपालिकाले शोक बिदा दिएको हो ।
इस्मा गाउँपालिका – ४ र ५ वडाका १४ जना को दुर्घटनामा ज्यान गएको छ । कुलपुजाको लागि हिँडेका उनीहरुको ज्यान गएपछि गाउँपालिकाले एकदिन शोक बिदा गर्ने निर्णय गरेको गाउँपालिका प्रमुख लक्ष्मण बिष्टले बताएका छन् ।
साथै मृतक १४ जनाको आज सामुहिक दाह संस्कार पनि गरिएको छ ।
गाउँपालिकाले आज प्रावि तहकाे अर्धबार्षिक परिक्षा पनि स्थगित गरेको छ । आज स्थगित भएको परीक्षा मंसिर १९ गते र निमावि र मावि तहको मंसिर २० गते गर्ने निर्णय गरेको छ ।








