बुटवल । जीप दुर्घटना हुँदा पाल्पामा २ जनाको मृत्यु भएको छ । पाल्पाको सिद्धार्थ राजमार्ग अन्तर्गत केराबारी र चौबिस माइलको बीचमा जीप दुर्घटना भएको हो ।
मृतकको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । बुटवलबाट पाल्पाको तानसेन जाँदै गरेको लु१ज ४२०९ नम्बरको जीप सडकबाट पाँचसय मिटर तल खोलामा खसेको छ ।
दुर्घटनामा जीप पूर्ण रुपमा क्षति भएको र दुई जनाको शव भिरमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । जीपमा कति सवार थिए भन्ने पनि खुलेको छैन् ।








