
कोहलपुर । एक १२ बर्षे छात्रालाई ट्रकले ठक्कर दिई घाइते भएपछि अशान्त बनेको बाँकेको कोहलपुर शान्त उन्मुख भएको छ । घटनापछि तनावपुर्ण बनेको कोहलपुरमा लगाइएको कफ्र्यू आजबाट हटाएको छ ।
कोहलपुर नगरपालिका ६ मा आइतबार बिहान १० बजेतिर स्कुले बालिका प्रकृति चन्दलाई ट्रकले ठक्कर दिएपछि अवस्था तनावपुर्ण भएको भन्दै स्थानिय प्रशासनले कफ्र्यु लगाएको थियो ।
हिजो सवपक्षिय छलफलपछि आज बिहान साढे १० बजेदेखि कफ्र्यू हटेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । कफ्र्यू हटेपछि कोहलपुरको अवस्था सामान्य बन्दै गएको प्रहरीको भनाई छ । ठक्करबाट घाइते छात्रा चन्दको अहिले ललितपुरस्थित बीएन्डबी अस्पतालमा उपचार भइरहेको छ।








