काठमाडौं। नायिका रेखा थापाको पछिल्लो चलचित्र प्रर्दशनमा आएपछि त्यसको जताततैबाट प्रशंसा हुन थालेको छ । गत शुक्रबारदेखि प्रदर्शनमा आएको अभिनेत्री रेखा थापाद्धारा निर्देशन तथा अभिनित चलचित्र ‘मलिका’ को राष्ट्रसंघीय जनसंख्या कोषले यूनएफपिए, नेपालले प्रशंसा गरेको छ । यूनएफपिए को आधिकारिक टुईटर मार्फत रेखाको चलचित्र मालिकाबारे प्रशंसा गरिनुका साथै रेखा थापाको समेत तारिफ गरेको छ ।
मालिका चलचित्रले ‘लैङिक विभेदको उजागर गर्दै कसरी लैगिकंतामा आधारित हिंसाले नेपाली समाजलाई विभिन्न तरिकाले प्रभावित पारेको’ भन्दै टुईटरमा उल्लेख छ ।
चलचित्र मालिकामा रेखाले जाजरकोटकी एक १५ वर्षिया किशोरी कमला ओलीलाई समेत मुख्य भूमिकामा उतारेकी छन ।
मालिकाको सबैक्षेत्रबाट निकै सकारात्मक प्रतिकृया आएपछि मालिकाका निर्माता रेखा थापा लगायत लगायत सम्पुर्ण कलाकारहरु उत्साहित छन् ।