
चितवन । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले अति विपन्न नागरिकहरुको घरमा निःशुल्क मिटर जडान गरिदिने भएको छ ।
यो सुविधा पाउनका लागि केहि सिमा निर्धारण भने गरिएको छ ।
निशुल्क मिटर जडानका लागि स्थानीय तहले विपन्न भनि सिफारिस गरेको कागजात र ऐलानी जग्गामा बसोवास भए चार किल्ला खुलेको हुनुपर्ने प्राधिकरणले जनाएको छ ।
विपन्न परिवारहरुका लागि १५ पुसदेखि मिटर जडानका लागि आवेदन फाराम खुल्ला गरिने प्राधिकरण भरतपुर केन्द्रका प्रमुख सुरेश महतोले जानकारी दिए ।
महतोका अनुसार साँस्कृतिक सम्पदा भएका क्षेत्रमा पनि निःशुल्क मिटर जडान गरिने छ । भरतपुर वितरण केन्द्रले गत वर्ष करिब चार सय मिटर निःशुल्क जडान गरिदिएको थियो ।








