हेर्नुहोस २०१९ का १२ फोटो, १२ महिना, १२ देश

काठमाडौँ — सन् २०१९ भरि विश्वका प्रमुख घटनालाई प्रतिनिधित्व गर्ने १२ देशका १२ तस्बिर  । 

कश्मीरलाई केन्द्रशासित प्रदेश बनाएपछि काँडेतारले अनुहार छापेर प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी ।

ब्राजिलमा रहेको एउटा खानी कम्पनीको बाँध भत्किँदा फसेको गाईको उद्धार गरिँदै तस्बिर : रोयटर्स

मेक्सिको हुँदै अवैध रुपमा अमेरिका जानेक्रममा रियो ब्राभो नदीमा डुबेर ज्यान गुमाएका साल्भाडाेरका ओस्कार अल्बर्टो मार्टिनेज रामिरेज उनकी २३ वर्षीया छोरी भ्यालेरियाको शव, रामिरेजकी श्रीमतीको भने सकुशल उद्धार भएको थियो । तस्बिर रोयटर्स

 

हङकङमा सरकारविरोधी प्रदर्शनमा अश्रुग्याँसबाट बच्न मास्कसहित उत्रिएका प्रदर्शनकारी तस्बिर : एपी

अफ्रिका कप अफ् नेसन्समा सेमिफाइनलमा नाइजेरियालाई हराएपछि अल्जेरियाका समर्थक खुशी मनाउँदै तस्बिर : रोयटर्स

हमास र इजरायलबीचको युद्धमा क्षतविक्षत भएको भवन अगाडि प्यालेस्टाइनको गाजा क्षेत्रमा रमदानको अवसरमा व्रत तोड्दै प्यालेस्टिनी नागरिक तस्बिर : एएफपी

सुडानको राजधानी खार्तुममा गत अप्रिलमा ‘गाई फक्स’ को मास्क लगाएर विरोधमा उत्रिएका प्रदर्शनकारी तस्बिर : रोयटर्स

मोजाम्बिकमा गत मार्चमा आएको इदाई आँधीबाट बच्न प्लास्टिकको सहारामा ११ वर्षीया इनिया जोक्विन लुइस, यस आँधीका कारण मोजाम्बिकमा४१७ जनाको ज्यान गएको थियो । तस्बिर : एएफपी

यमनको हजाह प्रान्तमा रहेको अस्पतालमा उपचार गराउँदै फातिमा इब्राहिम हादी, कुपोषणले ग्रस्त १२ वर्षीया फातिमाको तौल केवल १० किलोग्राम रहेको छ । तस्बिर : रोयटर्स

इराकको बग्दादमा तहरिर स्क्वायरमा रहेको ‘ग्राफिटी’को अगाडि तस्बिर खिचाउँदै एक महिला तस्बिर : एपी

चिलीमा सरकारविरोधी प्रदर्शनका क्रममा प्रदर्शनकारीलाई लखेट्दै प्रहरी र चिसो खाँदै उभिएका प्रत्यक्षदर्शी तस्बिर : रोयटर्स

-इकान्तिपुरबाट 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार